जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा भन्सार छली गरि ल्याएको लताकपडा , मोबाईलका पार्टस , प्याज , चियापति र पाडी र पाडाहरु नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले जानकारी दिनुभयो ा भन्सार छली गरी अबैध तरिकाले चोरी पैठारी भईरहेको प्रहरीलाई सुचना पाएपछि बीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट कुर्ता सुरुवाल ३१५ पिस, टपस ८०२ पिस, कुर्ता बनाउने थान कपडा २०० मिटर , कार्पेट रोल ३m मोबाईल चार्जर ३९० पिस, मोबाईल बेट्री सानो ४८ पिस लगायत ईलाका प्रहरी कार्यालय ठोरी प्रहरीले अबैध तरिकाले ना ३ च १०८१ नम्बरको पिकअपमा भारतबाट भन्सार छली गरी ल्याईरहेको अवस्थामा दशलाख भन्दा बढीको पाडा र पाडीहरु नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभएको छ ा प्रहरीले बरामद गरेको सामानहरुको १७ लाख , ७२ हजार , ७ सय ३० रुपैया मुल्याड्न गरी बीरगंज भन्सार कार्यालयमा पठाएको हो ा तस्करहरुले प्रहरीलाई हेर्न बितीकै तस्करीको सामान छाडेर फरार भएका छन् ा