बारा प्रहरीले ठुलो परिणाममा गाँजा सहित एक युवकलाई प्रक्राउ गरेको बारा प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले जानकारी दिनुभयो ा नेपालमा प्रतिबन्धित गाँजाको कारोवार भईरहेको बाराका प्रहरी उपरिक्षक महेन्द्र खड्कालाई सुचना पाएपछि सादा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक नविन राई तथा ईलाका प्रहरी कार्यालय सिमा्रेनगढ खटिएको संयुतm प्रहरी टोलीले भारी मात्रामा २३० किलो अत्रैध गाँजा सहित रौतहट फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ४ टेगा्रहा बस्ने २३ वषीय चन्दन पासवानलाई प्रक्राउ गरिएको प्रहरी नायब उपरिक्षक न्यौपानेले भन्नु भयो, सुचनाको आधारमा बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ४ ईनर्वामा ४ वटा जुटको बोरा लिई गाँजा राख्दै गरेको अवस्थामा प्रहरीलाई हेर्न बितीकै गाँजा तस्कर चन्दन फरार हुन खोज्दा प्रहरीले एक राउण्ड हवाई फायर गरेर प्रक्राउ गरिएको हो ा प्रक्राउ परेका चन्दनले कलभर्ट मुनी प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको अवस्थामा १५ पोका गाँजा बरामद गरिएको पहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ा गाँजा सहित प्रक्राउ परेका चन्दनलाई थप अनुसन्धान थालेको बाराका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताउनु भयो ा