पर्सा प्रहरीले करोड रुपैया भन्दा बढीको भारतीय कुर्ता सुरुवाल, सुट पाईन्ट, साडी बरामद गरेको छ । बिशेष सुचनाको आधारमा पर्सा प्रहरीले बीरगंज हनुमान मन्दिर नजिकै रहेको पम्प बिल्डिगंको तेस्रो भवनमा छापामारी गर्दा भन्सार छली गरी ल्याएको आंशकामा करोड रुपैया भन्दा बढीको कुर्ता सुरुवाल, सुट पाईन्ट र साडी बरामद गरिएको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेंलले भन्नु भयो, हामीलाई तस्करहरुले भरिया तस्करहरु प्रयोग गरी अबैध भारतीय कपडाहरु भण्डारण गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ सई रमेस बजगाईको कमाण्डमा खटिएको प्रहरी टोलीले पम्प बिल्ििडंगमा छामामारी गर्दा भारी मात्रामा कपडाहरु बरामद भएको जानकारी दिनुभएको छ । चारवटा गोदाममा भन्सार छली गरी ल्याएको कुर्ता सुरुवाल, साडी सुट पाईन्ट भण्डारण गरेको पाईएको छ भने अबेर राती सम्म २ वटा गोदामा भण्डारण गरेको कपडाहरु मात्र बरामद गरेको भएपनि शुक्रवार अन्य २ वटा गोदाममा रहेको कपडाहरु बरामद गरिने पर्सा प्रहरीले जनाएको छ । प्रहरीले छापामारी गरेको गोदामका सञ्चालक रामएकबाल कुशवाहा, गोरख गुप्ता र अकाश गुप्ता र अग्रवाल थर भएका ब्यतिmको रहेको श्रोतले दाबी गरेको छ । पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेलले तस्करी नियन्त्रण गर्नका लागी प्रहरी युनिटका ईन्चार्जलाई निर्देशन दिएपनि उनको निर्देशनलाई धोती लगाउंदै युनिटका प्रहरी ईन्चार्जहरुले तस्करी गराईरहेको यो घटनाले छलंग भएको छ । स्थानिय प्रहरी प्रशासनले तस्करीमा कडाई गरेपछि तस्कर समुहहरुले नेपाल भारत सिमामा रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मिलोमतोमा भरिया महिला तथा अपांग, टेम्पो सेटिंगबाट तस्करी धन्दा तस्करहरुले फस्टाएका छन् । बीरगंजको रजत जयन्ती चौकको पछाडि रहेको केडिया आ“खा अस्पतालको पछाडिबाट बोक्सर, मीरा, चन्दा, शर्मा, अकाश गुडु लगायतहरुले तस्कर समुहहरु सक्रिय रहेका छन भने छपकैयाको पन्टोका, भकुवा, छपकैयाबाट महिलाबाट ब्यापक तस्करी सञ्चालनमा आएको छ । यसैगरी अर्लोनाकाबाट मोटरसाईकलमा तारकेश्वरले भारतीय रजनीगन्घा गरेर माईस्थानको पानमण्डीमा किराना पसल सञ्चालन गरेर ब्यवसाय गर्दै आएका ब्यापारीहरुलाई रजनीगन्घा, रेडबुल, अन्य भारतीय गुटखाहरु दिर्दै आईरहेका छन् । पर्सा जिल्लाको झौवा र बर्वा नाकाबाट रातीको बखतमा सन्दिप चौरसिया भनिने तस्करहले कष्टमेटिक, तुथपेष्ट साईकलमा लोड गरेर भारत तर्फ तस्करी गरीरहेका छन् । बीरगंजको घण्टाघर देखी दुर्गा हल नजिकै केराउका पनि तस्करी सञ्चालनमा आएको छ । पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगंलले तस्करी नियन्त्रण गर्नका लागी एक्ल प्रयास गरेपनि वहा“कै मातहातमा रहेका प्रहरी युनिटका प्रहरीले उनको प्रयासलाई बिफल बनाउने तर्फ केन्द्रित रहेका छन् । सिमानाका र तस्करी नियन्त्रण गर्न जिम्मा लिएका सशस्त्र प्रहरीको मिलोमतोमा थौरे परिणाममा गरी तस्करी गराईरहेका छन् । तस्करीको शैलाी मात्र परिवर्तन भएको हो ।