बारा प्रहरीले बिलबिजक भन्दा बढीको सामाग्री लोड गरेको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारावाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय जितपुर तथा बारा जिल्लाबाट खटिएको संयुतm प्रहरी टोलीले बीरगंजबाट कैलाली तर्फ जा“दै गरेको ना ६ ख ६३४ नम्बरको मालवाहक ट्रकलाई जीतपुर उपमहानगरपालिका वडा नम्बर ७ नजिकै नियन्त्रणमा लिई चेकजा“द गर्दा बिलबिजक भन्दा बढीको समानहरु लेड गरेको र श्रोत खुलाउन नसेकपछि ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो । प्रहरीले ट्रक सहित ६८ लाख , ५ हजार १ सय, ९८ रुपैया मुल्याड्न गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा कारवाहीको लागी पठाएको छ । यसैगरी ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले सुचनाको आधारमा ना ५ ख १११८ नम्बरको डिब्बे ट्रकलाई नियन्त्रणमा लिई चेकजा“द गर्दा बिलबिजक भन्दा बढीको मोबिल, बिस्कुट, दाल चना लगायत अन्य सामाग्रीहरु लोड गरेको फेला पारेपछि थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको बाराका प्रहरी नायब उपिरक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ । श्रोत खुलाउन नसकेको समान सहित डिब्बे ट्रकको २४ लाख, ७५ हजार, ३७ रुपैया बराबरको मुल्यांड्न गरी राजस्व कार्यालय पथलैयामा पठाएको छ ।