वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीको नेतुत्वमा खटिएको प्रहरी टोली अबैध हुण्डीको रकम सहित दुईजनालाई पक्राउ गरी थप अनुसन्धान थालेको छ ा प्रहरी निरीक्षक बोगटीले बिशेष सुचनाको आधारमा २२ लाख रुपैया सहित दुईजनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ा बीरगंज आर्दशनगर स्थित रहेको रुगंटा मार्केट भित्र रहेको मनि चेन्जरबाट नै अबैध हुण्डीको कारोवार भईरहेको अवस्थामा पर्सा प्रहरीले दुईजनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ा पक्राउ पर्नैमा पर्सा जिल्ला झौवा बस्ने अजय सरार्फ र सोनु सरार्फ रहेका छन् ा अजय सरर्फाको मनी चेञ्जरका सञ्चालक हुन् भने सोनु सरार्फ भनिने ब्यतिmको नाम नागरिता अर्के रहेको श्रोतको दाबी रहेको छ ा प्रहरीले उनीहरुको साथबाट २२ लाख नेपाली रुपैया सहित मोबाईल पनि बरामद गरिएको पर्साका एक प्रहरी अधिकृतले बताउनु भयो ा अनुसन्धानकै क्रममा रहेको हुनाले अहिलै नै केही भन नमिल्ने पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगंलले बताउनु भयो ा