पर्सा प्रहरीले बिलबिजक भन्दा बढी लोड गरेको सामाग्री सहित मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक तथा प्रवतmा कुममार बिक्रम थापाले जानकारी दिनुभएको छ ा बिशेष सुचनाको आधारमा भन्सार छली गरी अबैध तरिकाले बीरगंजबाट ना ३ ख् ३३२४ नम्बरको मालवाहक ट्रक काठमांडौ तर्फ जादै गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया नजिकै उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको हार्डवेयर तथा खुदा्र सामानहरु लोड गरेको फेला परेपछि ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भएको छ ा प्रहरीले हार्डवेयर तथा खुद्रा सामान सहित ट्रकको ५८ लाख , ४१ ह्जार , ७ सय १४ रुपैया मुल्यांड्न गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको हो ा