बिभिन्न मुद्दामा फरार रहेका दुई अपराधीलाई बारा प्रहरीले नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ा बारा जिल्ला अदालतले चोरी मुद्दामा परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरियाडी बस्ने अन्दाजी १९ वर्षीय रामपुकार कुशवाहालाई ४ महिना कैद र ३३३३ हजार जरिवाना तोकेपछि कुशवाहा फरार भएका थिए ा फरार कुशवाहा घरमा लुकीछिपी बस्दै आईरहेको बारा प्रहरीलाई जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको टोलीले रामपुकार कुशवाहालाई नियन्त्रणमा लिइएको हो ा यसैगरी बोक्सीको आरोपमा बारा जिल्ला अदालतले कलैया उपमहानगरपालिका वडा नम्बर २७ बर्वा टोल बस्ने ५९ वर्षीय हनुमान सहनीलाई ५ महिना १४ दिन कैदको फैसला गरेपछि सहनी फरार भएका थिए ा फरार सहनी गाउँमा लुकीछिपी बस्दै आईरहेको अस्थाई प्रहरी पोष्ट बसपार्क प्रहरीलाई सुचना पाएपछि हनुमान सहनीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भयो ा पक्राउ परेका दुबै फरार अपराधीलाई सोमवार अदालतमा पेश गरिने बारा प्रहरीको भनाई रहेको छ ा