श्रोत खुलाउन नसकेको रकम सहित पक्राउ परेका दुईजनालाई पर्सा प्रहरीले आईतवार साँझ सार्वजनिक गरेको छ ा बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर ६ रुगंटा कम्लेक्स मार्केटभित्र रहेको माा जगदम्बा मनि टा्रन्सफरबाट कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मीले पिठ्युमा कालो झोला बोकेर हिडीरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई चेकजाँद गर्दा २२ लाख , ५ हजार ७ सय रुपैया बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भयो ा हुण्डीको रकम सहित पक्राउ परेका कुर्मीलाई अनुसन्धान गर्दै जाँदा उतm हुण्डीको कारोवारमा माँ जगदम्बा मनि टा्रन्सफका सञ्चालक पर्सा बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ बस्ने ४३ वर्षीय अजय कुमार साह पनि संलग्न रहेको पुष्टि भएपछि साहलाई पक्राउ गरिएको हो ा प्रहरीले १ हजार दरको नोट १९५५ थान , ५ सयको ५०० थान र १०० को ७ थान गरी २२ लाख ५ हजार , ७०० सय रुपैया बरामद गरेको छ ा पक्राउ परेका दुबैजनालाई बैंक तथा बितीय संस्था सम्बन्धी मुद्दामा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भयो ा