
१७ औं सशस्त्र प्रहरी स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ ा सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण बाराले स्थापना दिवसको अवसरमा अमर प्रहरीका परिवारजनहरुलाई सम्मान गर्दै दोसला ओढाएर सम्मान गरेको छ ा १७ औ सशस्त्र प्रहरी स्थापना दिवस वार्षिक उत्सव बिशेष समारोहको प्रमुख अतिथी रहनु भएका मधेश प्रदेश छिन्नमस्ता महोतरीका निमित वाहिनीपति माधव प्रसाद पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै २०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरीले कम समयमा धेरै काम गरेको बताउंदै द्धन्दकालमा माओवादी सँग भिडन्त गरेका स्मरण गर्दे निमित वाहिनीपति पौडेलले सशस्त्र नेपाली जनताको सुरक्षाको अनुभुति दिनका लागी जहिले पनि तयार रहेको बताउनु भयो ा सिमानाकामा तस्करी नियन्त्रण गर्नका लागी अहोरात्र खटिएका प्रहरीले राजस्व बृद्धि गर्नका लागी कसै सँग सम्झौता नगर्ने कुरामा जोड दिनुभयो ा २०५८ सालमा स्थापना हुदां सशस्त्र प्रहरीको आफनो भवन औलामा गन सकिन्थ्यो तर २२ वर्षको अन्तरालमा सशस्त्र प्रहरीले आफनो भवनमा स्थापना दिवसमा मनाउंदै आएकोमा सम्पुर्ण प्रहरीलाई गौरब महसुस भएको जानकारी दिनुभयो ा यसैगरी कार्यक्रमको आयोजक रहेका सशस्त्र प्रहरी बल १२ नम्बरका गणपति सन्तोष सिंहले नेपाली जनताहरुको सुरक्षा दिनका लागी २४ घण्टा सशस्त्र प्रहरी तैनाथ रहेको भन्नु भयो, सशस्त्र प्रहरीले मैत्रिपुर्ण कार्यक्रम छिटो ल्याउन लागेको बताउंदै २२ वर्षको अवधिमा सशस्त्र प्रहरीले धेरै संघर्ष गरेर अगाडी बढेको बताउनु भएको छ ा सशस्त्र प्रहरीले बारा जिल्लाका जनताहरु सँग सहकार्य गरेर अगाडी बढीरहेको सशस्त्र प्रहरी उपरिक्षक सन्तोष सिंहले बताउनु भयो ा त्यसैगरी कार्यक्रममा बाराका निर्मित प्रमुख जिल्ला अधिकारीले प्रहरीले आफनो घर परिवार छाडेर सिमानाका तथा हाम्रो सुरक्षामा खटेका हुन्छन् , प्रहरीको हौसला बढाउनका पर्ने कुरामा जोड दिनुभयो ा प्रमुख जिल्ला अधिकारीले कबिता वाचक समेत गर्नु भएको थियो ा त्यो कबितामा प्रहरीको मनोबल र हौसला कसरी बढ्छ भन्दै प्रेणित गर्नुभएको थियो ा यसैगरी १७ औ सशस्त्र प्रहरी दिवसको अवसरमा बारा जिल्लाको बिभिन्न गाउँपालिकाका मेयर , समाजसेवी, भुतपुर्व प्रहरी अधिकृत उधोग वाणिज्य संघ बीरगंजका अध्यक्ष अनिल टेमानी , पत्रकार लगायत बुद्धिजीवीहरुका बाक्लो उपस्थिती रहेको थियो ा कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक सन्तोष सिंहले संगठनका लागी असल काम गरेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका अधिकृतलाई सम्मान समेत गरिएको थियो ा कार्यक्रममा सशस्त्र प्रहरीले नृत्यकला समेत प्रस्तुत गरेको हो ायसैगर िस्थापना दिवसको अवसरमा २२ जना सशस्त्र प्रहरीले आईतवार रतmदान समेत गरेका छन् ा