हनुमान जयन्तीको अवसरमा बीरगंज मेनरोड नजिकै रहेको हनुमान मन्दिरमा महाआरती गरिने भएको छ ा बैशाख ११ गते मँगलवार हनुमान जयन्तीको परेको हुनाले महाबीरस्थान मन्दिरमा बिशेया पुजासहितको महाआरती गरिने भएको छ ा
श्री महावीर मन्दिर समिति, श्री साप्ताहिक सुन्दर काण्ड प्रचार समिति, श्री साप्ताहिक हनुमान चालिसा पाठ समिति, श्री श्याम नवयुवक मण्डल, श्री मारवाडी महिला मञ्च र श्री राणी सति ज्योति मण्डलको संयुक्त आयोजनामा मङ्गलवार साँझ ६ बजेदेखि हुने भएको छ ा महाआरतीमा वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह लगायतका विशिष्ट अतिथिहरूको समेत सहभागिता रहने छ ।