बीरगंजको नबिल बैंकको बाईपास शाखाबाट यही शनिवार बिहान चोर समुहहरुले बैंकको मुल गेटको ताल्चा फोडेर बैैक भित्र प्रवेश गरेर टिनको बक्सामा रहेको १ सय २० रुपैयाको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैया चोरी गरेको आरोपमा पर्सा प्रहरीले चारजनालाई पक्राउ गरी थप अनुसन्धान थालेको पर्साका एक प्रहरी अधिकृतले भने, बैकमा चोरी भएको ७२ घण्टा बित्न नपाउंदा पर्सा प्रहरीले रौतहटबाट आईतवार सांझ दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा थप दुई जना पक्राउ परेका हुन् ा पक्राउ पर्नेमा रौतहट बुधराम बस्ने सञ्जय जसवाल, छोटेलाल जसवाल, भारत बिहार घोडासान बस्ने मन्टु पासवान लगायत चारजना हाल सम्म पक्राउ गरिएको ती प्रहरी अधिकृतले बताउनु भयो ा अहिले सम्मको अनुसन्धानले चोरी भएको रकम भारत तर्फ लागेको बुझनमा आएको छ ा नबिल बैंकको चोरीको घटना हेर्दा बैैकका कर्मचारीहरुको पनि उतm घटनामा संकलन रहेको आशंका पर्सा प्रहरीले गरेका छन् ा हप्ता भरी बैंकमा कारोवार भएको रकम शुक्रवार राती टिनको बक्सामा राखेको बैंकका कर्मचारीहरुलाई मात्र अवगत भएको बिषय चोरहरले कसरी पता लाग्यो त ? घटनाको परस्थिती हेर्दा बैंकका कर्मचारी चोरका गिरोह सँग समुधुर सम्बन्ध रहेको उतm घटनाले झल्काईरहेको प्रहरीले आशंका गरेका छन् ा प्रहरीले हरेका कोणबाट अनुसन्धान गरिरहेका छ चार जना पक्राउ परेका हुनाले चोरीका मुख्य योजनाकार छिटै नै प्रहरीको नियन्त्रणमा रह्ने पर्साका ती प्रहरी अधिकृतको भनाई रहेको छ ा अनुसनधान भईरहेको हुनाले अहिले नै केही भन नमिल्ने प्रहरीले जनाए ा नबिल बैंकको चोरी घटनामा मुख्य योजनाकार भारत बिहार घोडासानका चोरहरुको संकलग्न रहेको बुझनमा आएको छ ा