नेपाली नक्कली रुपैया सहित पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ा पक्राउ पर्नेमा बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय हलिमा खातुन र भारत बिहार पश्चिमी चम्पारण बेतिया भावल पञ्चायत बस्ने ३० वर्षिय क्यामुदिन मियाँ रहेका छन् ा उनीहरु साथबाट नेपाली नक्कली रुपैया १ लाख , २३ हजार बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले भन्नु भयो, बीरगंज महानगरपालिका वडा नम्बर ९ घण्टाघर नजिकै पैदल हिडीरहेको ब्यतिm माथी संकास्पद लागेपछि वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले चेकजांच गर्दा लुकाई छिपाई राखेको अवस्थामा नक्कली रुपैया बरामद गरिएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभयो ा प्रहरीले क्यामुदिनको साथबाट १ हजार दरको नोट एक थान र हलिमा खातुनबाट एक हजारको नोट १२२ थान तथा एक थान मोबाईल बरामद गरिएको हो ा नक्कली रुपैया सहित पक्राउ परेका भारतीय नागरिक क्यामुदिन मियाँ र हलिमा खातुनलाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक थापाले बताउनु भयो ा