बिधुत सर्ट हुदां पर्साको धोबिनी गाउँपालिकामा आगलागी हुदां चारवटा घर जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ ा बिधुत सर्ट हुदां धोबिनी गाउँपालिका वडा नम्बर ५ जगरनाथपुर बस्ने रहमत देवान, अमजत देवान, सम्साद देवान र रजाक देवानको घरमा आगलागी हुदां धान , चामल, गहुँ, दाल लताकपडा लगायत जिन्सी सामग्रीहरु जलेर पुर्णरुपले नष्ट भएको स्थानियहरु जाहवल देवानले बताएका छन् ा आगलागी बाट अन्दाजी २७ लाख रुपैया बराबरको झति भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षकले अनुमान गरेका छन् ा नेपाल प्रहरी , सशस्त्र प्रहरी , स्थानिय वासिन्दा तथा पोखरीया नगरपालिकाबाट गएको वारुण यन्त्रको सहयोगमा करिब दुई घण्टापछि आगलागी नियन्त्रणमा आएको पर्सा प्रहरीले जनाएको छ ा