केही दिन देखी बीरगंजमा अत्याधिक गर्मी बढ्न थालेपछि महानगर भित्र रहेका सामुदायीक तथा संस्थागत बिधालयहरुलाई बिहान कक्षा सञ्चालन गर्नका लागी बीरगंज महानगरले निर्देशन दिएको छ शैक्षिक प्रशासन महाशाखाले सुचना जारी गर्दै प्रचण्ड गर्मीका कारण तातो हावा लु समेत चलेको हुनाले दिउँसो कक्षा सञ्चालन गर्दा बिधार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गदे बिहानी कक्षा सञ्चालन गर्न शैक्षिक प्रशासन महाशाखाले सामुदायीक तथा संस्थागत बिधालयहरु सँग आग्रह गरेको छ ा नगर शिक्षा समितिको सोमबारको निर्णय अनुसार बिहीबारदेखि बिहान ६ बजेदेखि शिक्षण सिकाई कार्यको लागि तोकिएको समय नघट्ने गरी सञ्चालन व्यवस्थापन गर्न गराउन कर्णले आग्रह गरेका छन् ।