अबैध चाँदी सहित पर्सा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिई गरी थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले जानकारी दिनुभयो ा पक्राउ पर्नेमा बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय रोशन सोनार रहेका छन् ा
सोनारको साथबाट प्रहरीले २ केजी १७३ गा्रम चाँदी बरामद गरिएको प्रहरी नायब उपरिक्षक थापाले भने, अस्थायी प्रहरी पोष्ट ईनर्वाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्नै क्रममा भारतको रक्सौलबाट बीरगंजतर्फ आउँदै गरेका रोशन साह माथी शंकाको आधारमा शरीर खानतलाशी गर्दा कमरको भागमा रातो सेतो रड्को गम्छाले बाँधी लुकाई छिपाइ राखेको अवस्थामा चाँदी जस्तो देखिने धातुबाट बनेको बिभिन्न किसिमका गर गहनाहरु बरामद गरिएको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भएको छ ा चाँदी सहित पक्राउ परेका रोशनलाई राजस्व छली तथा चोरी पैठारीको मुद्दा दर्ता गरी बीरगंज भन्सार कार्यालयमा पठाएको डिएसपी कुमार बिक्रम थापाले बताउनु भयो ा नेपाल र भारत खुल्ला सिमानाकाको फाईदा उठाउंदै चाँदी तस्करहरुले भरियालाई प्रयोग गरेर सहज तरिकाले अबैध चाँदी भित्राईरहेका छन भारतको कोलकता , मुम्बई , दिल्ली लगायत प्रान्तबाट मिसावाट चाँदी खरीद गरी भन्सार छली गरेर चोर बाटो प्रयोग गर्दे चाँदी तस्करहरुले नेपालको बीरगंज , हेटौडा, नारायणगढ, पोखरा, काठमांडौ लगायतका जिल्लाहरुमा पठाउने गरेका छन् ा बीरगंजका अधिकांश सुन चाँदी पसलमा स्थानिय प्रशासनले अनुगमन गर्ने हो भने मिसावट चाँदी नै पाउने गर्छन् ा बीरगंजका केही सुन चाँदी पसलका सञ्चालकले भारतबाट मिसावट गरेको चाँदी खरीद गरी नेपालीहरु ठग्ने काम गर्ने गरेको एक सुच चाँदी ब्यवसायीले नाम नछाप्ने
शर्तमा भन्नु भयो, प्रहरीले बरामद गरेको चाँदी स्वच्छ ढंगले जाँच गर्याे ४० प्रतिशत मात्र चाँदी भेटिन्छ भने ६० प्रतिशत मिसावट भेटिने ती ब्यवसायीको भनाई रहेको छ ा स्थानिय प्रहरी प्रशासनले समय समयमा अनुगमन नगर्दा मिसावट चाँदीको बिक्री बितरण खुलेआम भईरहेको र सर्वसाधारण नागरिकहरुलाई ब्यापारीहरुले ठग्ने मात्र काम गर्दै आईरहेको छन् ा