नारायणी अस्पतालका आकस्मिक कक्षमा कार्यरत रहेका सीएमए अगन्ध चौरसियाले सोही अस्पतामा कार्यरत रहेकी दुईजना छात्रासँग यौन प्रस्ताब राख्दै दुब्र्यहार गरेको आरोपमा पर्सा प्रहरीले चौरसीयालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगंलले पुष्टि गर्नुभयो ा चौरसियाबिरुद दुबै छात्राले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएपछि सोही निवेदनको आधारमा चौरसियालाई नियन्त्रणमा लिएको हो ा नारायणी अस्पतालको आकस्मिक कक्षको शाखामा अन द जब टेनिड ओजेटीमा कार्यरत रहेकी छात्रासँग चौरसियाले बिगत केही दिन देखी ओजेटीमा आउने छात्राहरुलाई बिभिन्न किसिमको प्रलोभन तथा धाक धम्की दिएर अनैतिक क्रियाकलाप गर्न दबाब दिदै आईरहेको र आफुले भने जस्तो नगरेको अवस्थामा रामा्रे अंक नदिने भन्दै छात्राहरु सँग दुब्र्यहार गरेको चौरसिया माथी आरोप लागेको छ ा प्रहरी हिरासतमा रहेका चौरसियाले समाजिक सञ्जाल फेसबुकमा केटीलाई फे्रण्ड रिक्वेस्ट पठाएको हुनाले यौन दुब्र्यहार को आरोप लागेको चौरसियाको भनाई रहेको छा पर्साका प्रहरी प्रमुख कुमोद ढुगंलले अहिले नै यौन दुब्र्यहार भन मिल्दैन, अनुसन्धानको क्रममा रहेको छ यस घटनामा बलियो प्रमाण् नभएको हुनाले चौरसियालाई २४ घण्टापछि हिरासतमा राख्न मिल्दैन् ा यदी अनुसन्धानको क्रममा चौरसिया दोषी ठहर भएमा कानुन अनुसार कारवाही हुने प्रहर िउपरिक्षक ढुगंलले बताउनु भयो ा