एउटा यस्तो अपराधी छन् अपराधको दुनियाँमा आफनो सञ्जाल बनाउनको लागी हजारौ नेपाली युवाहरुको भविष्य नै बर्बाद गरिदिएका छन् ा अपराधको संसारमा अपराधीले गोली हानी हत्या गरेको सुनेका छौ र देखेका पनि छौ , बन्दुकको गोली एकै पटकमा नै मानिसको ज्यान लिई हाल्छ तर ती अपराधीले एक युवाको सयौ पटक ज्यान लिने गरेका छन् ा ती हुन् भारतीय अपराधी बब्लु पासवान , नेपालको पर्सा , बारा , मकवानपुर, चितवन, पोखरा, काठमांडौ लगायत बिभिन्न जिल्लाहरुका युवाहरुलाई बब्बु पासवानले लागु औषधको दुब्र्यसनी तथा ओसार पोसारमा संकलन गराएका हुन् ा छिमेकी राष्ट्र भारतको रक्सौलमा खुलेआम औषधी पसलहरुमा लागु औषध बिक्री बितरण हुदै आईरहेको हामी सबैलाई अवगत् भएको कुरा हो ा लागु औषध दुब्र्यसनीमा फसेका युवाहरुलाई बब्लु पासवान लगायत उसको समुहहरुले लागु औषधको ओभर डोज दिई ओसार पोसार गर्ने गरेका थिए ा नशामा धुत भएका कतिपय युवाहरुले लागु औषध भित्राएपनि कतिपय पक्राउ पनि परे ा प्रहरीको चंगुलबाट बच्न सफल भएका युवाहरुलाई लागु औषधका किंग मानिने बब्लु पासवानले आफनो समुहमा समावेश गरी कारोवार फस्टाएका पनि थिए ा कतिपय युवाहरुले पुरानो जीवन शैलीमा फर्किन खोज्दा पासावनले भारतको रक्सौलमा बोलाएर एक बार यो सामान बीरगंज मे डिलेभरी तुम देदो और उसके बाद अपना जीवन तुम खुलके जीलो भन्दै केही रकम दिई शातिर बब्लु पासवानले नेपाली युवाहरुलाई लागु औषध दिएर पठाउने र नेपालका प्रहरी प्रशासनलाई सुचना दिई पक्राउ गर्न लगाउंथे ा पासवानको बिरोधमा उत्रिएका नेपाली तथा भारतीय नागरिकहरुलाई ठुलो परिणाममा लागु औषध पक्राउ गराएर नेपालका केही प्रहरी अधिकारीहरु सँग राम्रो सम्बन्ध बनाउन सफल भएका थिए बब्लु पासवान, यही बाट शुरु हुन्छ बब्लु पासवानको अपराधी दुनियमा चालेको कदम , नेपाली युवाहरुलाई लागु औषधको दुब्र्यसनी बनाई बीरगंजका उधोगी तथा ब्यापारीहरुलाई धाक धम्की दिन थालेपछि तत्कालिन पर्साका प्रहरी प्रमुख रेक्ती ढकालले बब्लु पासवान माथी निगरानी गर्न आफनो प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको थियो ा पासवानले त्यतिबेला नेपालमा मात्र होईन भारतको बिहारमा पनि आफनो अपराधिक क्रियाकलापमा सक्रिय भइसकेका थिए ा पर्सा प्रहरीको मुठभेडमा बब्लु पासवानका निकटम ब्यतिm मारेपछि पासवानले पर्सा प्रहरीलाई नै चुनौती दिई तुम एक मारोगे हम दो मारेगे भन्दै चेतावनी समेत दिएका थिए ा तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका असई सागर राणालाई तारर्गेट गरेका पासवान गिरोहका समुहरुले, अपराधको संसारमा बलियो कदम बनाउनको लागी नेपाल र भारतको बिभिन्न स्थानहरुमा अपराध गर्न थालेपछि तत्कालीन पर्साका एसपी रेक्ती ढकालले भारत प्रहरीको सहयोगमा बेतियाको अदालत नजिकै बाट पक्राउ गर्न सफल भएका थिएा त्यसबेला भारत प्रहरीको सहयोगले नेपाल प्रहरीले बेतियाको अदालतको नजिकबाट पक्राउ गर्दा सीसी क्यामरामा कैद भईसकेको थियो ा बीरगंजको उधोगपति केडियाको अपहरणमा नाम मुछिएका बब्लु पासवानलाई बारा प्रहरीको जिम्मा लगाइएको थियो ा केडियाको अपहरण बारा जिल्लाबाट भएको हुनाले पासवानलाई बारा जिल्लामा मुद्दा चलाउने निर्णय भएको यियो ा बारा जिल्ला अदालतले पुर्पक्षका लागी बीरगंज कारागार चलान गरेपनि दुई वा तीन वर्षको अवधीमा नक्कली कागजपत्र बनाई ठुलो रकमको चलखेल गरेर बब्लु पासवान रिहा भएका थिएा रिहा भएका बब्लु पासावनले झन आफनो गिरोह बलियो बनाएर भारतको रक्सौबाट अपराधिक क्रियाकलाप तथा लागु औषधको कारोवारलाई फेरि फस्टाएका थिए ा नेपाली युवाहरुलाई लागु औषधको चंगुलमा फसाएर काम गर्दै आईरहेका ब्यतिm हुन् पासवान, नेपाली लाल मोहम्मदको हत्यामा बब्लु पासवानको नाम जोडिएपछि नेपाल प्रहरीले खोजलताश तीब्र बनाएको थियो ा तत्कालिन नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले पनि प्रयास गरेका हुन् पासवानलाई पक्राउ गर्न तर त्यसबेला नेपाल र भारतको राजनितिक सम्बन्धमा चिसोपन भएपछि त्यो प्रत्यनन सफल भएन् ा पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेंलले पर्सामा आगमान भए लगतै भारतीय अपराधी बब्लु पासवानको खोततलाश तिब्र बनाएका थिए ा प्रहरी उपरिक्षक ढुगेंलले तीन महिनाको प्रयास पछि बिशेष सुचनाको आधारमा बीरगंजको बिन्दावासीनीबाट हातहतियार तथा लागु औषध सहित पक्राउ गर्न सफल भएका हुन् ा लागु औषध दुब्र्यसनी तथा ओसार पोसार गरेको आरोपमा पक्राउ परेका नेपाली अभिभावकहरुले पर्साका प्रहरी प्रमुख कुमोद ढुगेललाई धन्यावाद समेत दिएका छन् ा हजारौ नेपाली युवाहरुको जीवन सँग खेलवाड गरी जीवन नै बर्बाद पार्ने त्यस्ता अपराधी पसावनलाई कडा कडा सजाय हुनुपर्ने अभिभावकहरुको भनाई रहेको छ ा भारतीय अपराधी बब्लु पासवानले प्राय निर्दाेष नेपाली युवाहरुलाई लागु औषधको शिकार बनाएका थिए ा