भन्सार छली गरी ल्याएको तस्करीको सामान पर्सा प्रहरीले बरामद गरेको छ ा पर्सा प्रहरीले बीरगंज महानगरपालिकाको बिभिन्न स्थानहरुबाट १३ लाख रुपैयाको तस्करीको सामाग्रीहरु बरामद गरी थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले बताउनु भयो ा जिल्ला प्रहरी कर्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गस्ती गर्नै क्रममा भरीया तस्करहरुले प्रहरीलाई हेर्न बितीकै भन्सार छली गरी लयाएको लताकपडा, औषधी र खाद्दान्न छाडेर फरार भएपछि उतm सामाग्रीहर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भएको छ ा बेवारिशे अवस्थामा बरामद गरेको प्रहरीले ११ लाख, ३७ हजार, ८ सय, ७० रुपैया मुल्याड्न गरेको हो ा यसैगरी बीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोक नजिकबाट प्रहरीले चेकजाँच गर्ने क्रममा अबैध तरिकाले भन्सार छली गरी ल्याएको कुर्ता सुरुवाल, काजु, स्मार्ट वाच, सर्ट थान कपडा लगायत १३ लाख, ६७ हजार , ५ हजार रुपैयाको सामानहरु बरामद गरी थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ा