बारा प्रहरीले १ करोड ४६ लाख , ७९ हजार रुपैयाको तस्करी सामान सहित दुईवटा मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धन कार्यालय पथलैया बारामा पठाएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपाने भने, बिशेष सुचनाको आधारमा भन्सार छली गरी अबैध तस्करी सामाग्रीहरु लोड गरेको जानकारी पाएपछि प्रहरी परिचालन गरि मालवाहक ट्रक खोजतलाश गर्दा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज उतm ट्र्क फेला परेको प्रहरी नाउब उपरिक्षक न्यौपानेले बताउनु भएको छ ा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले उतm मालवावह ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको लेडिज सुट, धागो, जारी दाना, प्रिन्ट, कपडा, माला , लकेट, मेटल , धारा लगायत सामाग्रीहरुको श्रोत खुलाउन नसकेपछि ना ५ ख ७९२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको बताउनु भयो ा बीरगंजबाट बाट हेटौडा तर्फ जाँदै गरेको ना ५ ख ७९२७ नम्बरको ट्रक सहित बारा प्रहरीले बरामद गरेको तस्करीको सामान सहित ६६ लाख, ९० हजार, ४ सय, २९ रुपैया मुल्याड्न गरी थप कारावहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ा यसैगरी बीरगंजबाट काठमांडौ तर्फ जाँदै गरेको ना ८ ख २७१९ नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको मोबिल, वेडसिट, कपडा, स्टेशनरी, मोटर पार्टस, वेकरी आईटम तथा खुदा्रा सामाग्रीहरु लोड गरेको बरामद भएपछि उतm ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनु भएको छ ा प्रहरीले ट्रक सहित भन्सार छली गरी ल्याएको समान सहित ७९ लाख, ८९ हजार ,३ सय ३९ रुपैया मुल्यांड्न गरी थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको डिएसपी दधिराम न्यौपानेले बताउनु भएको छ ा