बीरगंज भन्सार कार्यालयका सशस्त्र प्रहरीले चेकजाँचको नाममा सर्वसाधारण नागरिकहरुलाई दुख तथा कडा घाममा एक दुई घण्टा उभ्याएर नागरिकहरुलाई शास्ती दिई रहेको हुँदा त्यस्ता गतिविधीलाई सहजताको साथ कायम गराई दिनु हुदां आग्रह गर्दै स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय बीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ध्यानाकर्षण गराएको छ ा ध्यानाकर्षण पत्र बुझाउंदै केन्द्रिय कार्यालयका अध्यक्ष कुष्ण खनालको नेतृत्वमा गएको टोलीले सशस्त्र प्रहरीले चेकजाँचको बहानामा सर्वसाधारण नागरिकहरुलाई सास्ती गर्दे आईरहेको पत्रमा उल्लेख गरिएको छ ा यसैगरी ध्यानाकर्षण पत्रमा नारायणी उपक्षेत्रिय अस्पतालमा रात्रिको समयमा आकस्मीक कक्षमा खोजेको समय डाक्टरहरु भेट नहुने परिपाटिको अन्त्य गर्दै सुधार गर्न समेत प्रजिअ भुषालसँग अनुरोध गरिएको छ ।
सोही प्रकार नारायणी उपक्षेत्रिय अस्पतालमा समय मै उपचारको लागि गएका विरामीहरुले सम्बन्धीत डाक्टरहरुलाई भेटन नसक्दा विरामीहरु दिनहु जसो प्रभावि त हुन थालेपछि त्यस विषयमा पनि प्रजिअ भुषालको ध्यानाकर्षण गराईएको छ ।