श्रोत नखुलेको रकम सहित पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमम बीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर बस्ने २८ वर्षिय रबि कुमार पटेल रहेका छन् ा उनको साथबाट प्रहरीले १३ लाख २५ हजार नेपाली रुपैया बरामद गरिएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले जानकारी दिनुभयो ा हुण्डीको रकम ओसार पोसार भईरहेको प्रहरीलाई सुचना पाएको प्रहरी नायब उपरिक्षक थापाले भने, सुचनाको आधारमा वडा प्रहरी कार्यालय र प्रहरी चौकी गण्डकबाट खटिएको संयुतm प्रहरी टोलीले बीरगंजबाट परवानीपुर तर्फ जाँदै गरेको प्रदेश २,०३, ०१०, प ६७१९ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिई शरीर खानतलाशी गर्दा रबिले पटेलले पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई छिपाई राखेको अवस्थामा एक हजार दरको नोट ८८९ , ५ सय दरको नोट ८५० थान, १ सयको नोट १० थान गरी १३ लाख २५ हजार नेपाली रुपैया बरामद भएको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भयो ा पक्राउ परेका रबि कुमार पटेलले रकमको श्रोत खुलाउन नसकेपछि उतm रकम हुण्डी प्रयोजनका लागी प्रयोग गरिएको पर्सा प्रहरीले आंशका गरेको छ । प्रहरीले पटेललाई बैंक बिरुद्ध तथा बितीय संस्था सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भएको छ ा