केही दिनदखी बीरगंजमा तातो हावा लु चलेपछि बीरगंजको जीवन नराम्रो सँग प्रभावित भएको थियो । मंगलवार दिउँसो करिब २ बजे बीरगंजमा अविरल वर्षा हुदाँ स्थानिय वासिन्दाहरु हर्षित समेत भएका छन् ा लामो समय देखी बीरगंजमा वर्षा नहुदां चापाकलमा पानी समेत आउन सकेको छैन् । अहिले प्राय टोलटोलको धारा तथा चापाकल सुकेको छ भने पानीको हाहाकार भएको छ ा ३ घण्टाको वर्षाले गर्दा बीरगंजवासीहरु केही राहत महसुस गरेका छन् ा बीरगंजवासीहरुलाई पानीको समस्या नहोस भन्दै महानगरपालिकाले स्थानिय वासिन्दाहरुलाई पानीको ब्यवस्थान गर्नका लागी लागि परेको छ ा बीरगंजको तापक्रम ४४ डिग्री सेल्सीयस समेत पुगेको छ ।