भारतीय प्रहरीले हथियार सहित एक नेपाली युवकलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा नवलपरासी गैंडाकोट बस्ने २५ वर्षीय मनोज महर्जन रहेका छन् । महर्जनको साथबाट भारतीय प्रहरीले दुई थान पेस्तोल र दुई थान म्याग्जिन बरामद गरेको हो । बिशेष सुचनाको आधारमा भारतीय एसएसबीका टोलीले रक्सौलबाट बीरगंज तर्फ जाँदै गर्दा मितेरी पुलबाट क्षेत्रबाट महर्जनलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट हथियार बरामद गरिएको एसएसबीका सहायक कमान्डेट गुलाब चौधरीले बताउनु भयो ा बरामद गरिएको दुबै पेस्तोल ९ एमएमका हुन भने एउटा मेड ईन युएस र अर्काे मेड ईन ईटली रहेको छ ा प्रहरीले महर्जनलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा नवलपरासीकै बिवेक मल्ल ठकुरी भने फरार भएका छन् । ठकुरी भारीतय भुमिबाट फरार भएर नेपालीि भुमिमा गएपछि एसएसबीले नियन्त्रणमा लिन नसकेको स्थानियहरुले बताएका छन् । दुई थान हथियार सहित पक्राउ परेका महर्जनको बारेमा थप अनुसन्धान भईरहेको छ ।