बीरगंज महानगरपालिकले नगर क्षेत्र भित्र रहेको होटल तथा रेष्टुरेण्टहरुको अनुगमन तिब्र पारेको छ । महानगरपालिका उपमेयर ईम्तियाज आलमको संयोजकत्वमा खटिएको अनुगमन टोलीले बीरगंजको होटल मकालु, डिलाईट गो , जाईका र सम्मा बिया्रनी हाउसमा अनुगमन गरेको छ । होटल मकालुले शाहाकारी र मांसहारी खाने एकै ठाउामा राखिएको तथा म्याद गुज्रिएको बियर फेला परेको अनुगमनमा खटिएका एक कर्मचारीले भने, डिलाईट गो रेष्टुरन्टको भान्छामा रहेको फ्रिज मासुजनय खाद्द सामाग्री याप नगरी राखिएको अवस्थामा भेटिएको छ । मकालु तथा डिलाईट गोले बीरगंज महानगरपालिकाबाट ब्यवसाय दर्ता इजाजपत्र पनि नलिई सञ्चालन गर्दै आईरहेको भेटिएको ती कर्मचारीले जानकारी दिनुभयो । यसैगरी बीरगंजमा प्रख्यात रहेको सम्मा र जाइका बिया्रनीमा महानगरपालिकाले अनुगमन गर्दा मासु काटेने र पकाउने लगायत स्थान फोहोर र अब्यस्थित भेटिएको बताउनु भयो । अनुगमनको क्रममा त्रुटि भेटिएको होटल तथा बिया्रनी हाउसहरुलाई एक पटकको लागी सचेत गरी छाडेको जानकारी दिनुभएको छ । आउने दिनहरुमा कुनै त्रुटि भेटेको अवस्थामा कानुन अनुसार कारवाही हुने अनुगमनमा खटिएका ती कर्मचारीले दाबी गर्नुभयो ।