बिलबिजक भन्दा बढीको समान लोड गरेको मालवाहक ट्रक बारा प्रहरीले नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले भन्नु भयो , भन्सार छली गरी बीरगंजबाट ना ५ ख ३५५७ नम्बरको डिब्बे ट्रक उदयपुरतर्फ जाँदै गरेको हामीलाई सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुतm प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर बजार नजिकैबाट उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा मालवाहक ट्रकमा लोड गरिएको खुदा्र समानको बिलबिजक नहुदां नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भएको छ । प्रहरीले खुदा्र समान सहित ट्रकको २० लाख, ८३ हजार, १५५ रुपैया मुल्याड्कन गरी राजस्व कार्यालय पथलेया बारामा पठाएको हो । यसैगरी ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा बीरगंजबाट ना ८ ख ११४२ नम्बरको यात्रुबसलाई चेकजाँच गर्दा भन्सार छली ल्याएको भारतीय राज निवास गुटखा ४९, माजा सुपारी ३५ प्याकेट, प्याज १५० किलो, सिदा्र माछा २० किलो लगायत समानहरु बरामद गरेको छ ।