बिभिन्न मुद्दामा फरार रहेका ९ जना अभियुतmलाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा जिल्ला अदातलले बिभिन्न मुद्दामा दोषी ठहर गरेको फैसला सुनाएपछि ९ जना अभियुतmहरु फरार भएका थिए । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट सादा पोशाकमा खटिएको प्रहरी तथा प्रहरी युनिटका ईन्चार्जका संयुतm प्रहरी टोलीले गाउँ र घरमा लुीछिपी बस्दै आईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर १७ सुराही बस्ने ७० वर्षीय बंगाली मियाँ धोबी, ब्रहमपुरी बस्ने ४० वर्षीय गजेन्द्र साह तेली, सुवर्ण गाउँपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय रामबाबु प्रसाद साह, जितपुर सिमराउपमहानगरपालिका वडा नम्बर ७ बस्ने ८५ वर्षीय दिनानाथ उपाध्याय, बारागढी गाउँपालिका वडा नम्बर ६ गडहल बस्ने ६० वर्षीय पनवा देबी अहिरीन, बारा बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाही बस्ने ५४ वर्षीय प्रमोद साह कानु, सिमा्रेनगढ नगरपालिका वडा नम्बर ११ कटहरीया बस्ने ५० वर्षीय बृजकिशोर महतो कहार, देवताल गाउँपालिका वडा नम्बर ४ पिप्राढी बस्ने ४५ वर्षीय किशोर सिंह, र कलैया उपमहानगरपालिका वडा नम्बर १ बस्ने सेवक महतो धानुक रहेका छन् । फरार अभियुतmहरुलाई आईतवार बारा जिल्ला अदालतमा पेश गरीने प्रहरी नायब उपरिक्षक दधिराम न्यौापनेले बताउनु भएको छ ।