बीरगंजमा सुख्खायामका कारण नगरक्षेत्रमा रहेको चापाकल सुक्न थालेको छ । चापाकलमा पानी आउन छाडेपछि स्थानियहरुलाई पानीको ठुलो समस्या भएको हामीलाई सबैलाई अवगत भएको कुरा हो । बीरगंजमा अबिरल वर्षा नहुदां पानीको हाहाकार भएको स्थानियले बताउंछन् , अहिले नै यो हालत रहेको छ भविष्यमा के होला ? बर्तमान परिस्थती हेर्दा बीरगंजमा आउने दिनमा यो भन्दा बढी पानीको हाहाकार हुने एक स्थानियले भने, गतवर्ष देखी गर्मीयाममा चापाकलबाट पानी आउन छाडेको हो । बीरगंज महानगरपालिकाले नगरका वासिन्दाहरुलाई पानीको समस्या नहोस भन्दै जमीन मुनीबाट अन्डरग्राउण्ड पाईप राखेर पानीको ब्यवस्थापन गरेको छ । महानगरले चालेको कदमबाट केही जनताहरुले पानीबाट राहत पाएका छन भने केहीले पानीबाट बञ्चित नै भएका छन् । बीरगंजको अधिकांश स्थानहरुमा महानगरले जडान गरेको पानीको पाईप लाईनबाट स्थानिय वासिन्दाहरुले सदुपयोग भन्दा बढी दुरुपयोग पाएको भेटिएको छ । बीरगंजको नगवा , गहवा, माईस्थान, बाईपास लगायत स्थानहरुमा जडान गरिएको पानीको पाईप लाईनबाट स्थानियहरुले घर घरमा दुरुपयोग गर्दे आईरहेका छन् । प्राय स्थानियहरुको घरमा खानेपानी पानी हुदां पनि उतm पानी प्रयोग नगरी महानगरले पानीबाट कोही बञ्चित नहोस उदेश्यले टोल टोलमा जडान गरेको नि शुल्क पानीको ब्यापक दुरुपयोग गरेको भेटिएको छ । हामीले एक वासिन्दा सँग बुझदा घरमा खानेपानीको ब्यवस्था हुदां पनि किन तपाई यो महानगरले जडान गरेको पानी घरमा मोटरमा जडान गरेको सोध्दा भोजपुरीमा जवाफ फर्काउंदै वहांले भन्नु भयो, एगो त , खानेपानी के बिल ना तिरेके परेता, ओमे जतेना मन लागेदा उतना पानी प्रयोग करेतानी सन, यी पानी से घर के सम्पुर्ण कपडा , भडिया बर्तन, शौचालय लगायत प्रयोग करेतानी सन भन्दै भनेका छन् । दिउँसोको बखतमा पानी पिउनको लागी छटपटएका सर्वसाधारणहरुलाई पानी समेत पाएका छैनन् । स्थानियहरुले पानीको कसरी दुरुपयोग गरेका छन् भिडीओ समेत सुरक्षित राखेका छौ । महानगरले पानीको समस्या नहोस भनेर टोल टोलमा जडान गरेको पानी नै ब्यापक दुरुपयोग हुदै आएको छ । यसमा नगर प्रमुख राजेश मान सिंहको ध्यानकर्षण होस पानीबाट बञ्चित भएका स्थानियहरुले गुनासो पोखेका छन् ा