बीरगंज महानगरपालिकाले गीता मन्दिरको प्राड्गणमा रहेको ८ वटा भन्दा बढी सटर माथी डोजर लगाएर भत्काएको छ । गीता मन्दिरका सञ्चालक समितीका अध्यक्ष मदन प्रसाद गुप्ताले डेढ दशकदेखी मन्दिरका प्राड्गणमा ब्यापारिक सटरहरु बनाएर भाडा असुली गर्दे आईरहेका थिए । धडिअर्वाका केही स्थानिय वासिन्दाहरुले बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंह समक्ष गीता मन्दिरको सटरबाट अनधिकृत रकम उठाउंदै आएको गुनासो गरेपछि , मेयर सिंहले मन्दिरका सञ्चालक समितीका अध्यक्ष गुप्तालाई अनाधिकृत कब्जा गरेको सटरहरु खाली गर्नका लागी निर्देशन दिनुभएको थियो । गुप्ताले मेयर सिंहको निर्देशनलाई पालना नगरपछि शनिवार मन्दिरको मुल प्रवेशद्धारको दायाँ बायाँ र पश्चिम तर्फ गरी ८ वटा भन्दा बढी सटरहरुमा डोजर लगाएर भत्काइएको छ । महानगरले एक हप्ता अगाडी गीता मन्दिर सञ्चालक समितीका अध्यक्ष गुप्तालाई पत्र काट्दै सटरको हिसाब बिताब बिवरण, सञ्चालक समितीको बैधानिकाता लगायत बिषयमा लिखित जवाफ मागेको थियो । सञ्चालक समितीकाबाट संतृष्टी जवाफ तथा बैधानिकताको प्रमाण पेश गर्न नसकेपछि मेयर ंिसंहले आफनै उपस्थितीमा गीता मन्दिर अगाडी रहेको सटर माथी डोजर चलाएर भत्काएका हुन् । धार्मिक स्थलहरुमा अनाधिकृत कब्जा गरेको मन्दिरको सौन्दर्यीकरणका लागी महानगरले डोजर चलाउंने मेयर सिंहले भन्नु भयो । सर्वसाधारण नागरिकले अतिक्रमण गरेको जग्गा महानगरको पहलमा धेरै जग्गाहरु अतिक्रमणबाट जोगाएको छ ।