नेपाल बिमा प्राधिकरणको ५६ औ वार्षिकोत्सवको अवसरमा ७ महिला सहित ६६ जनाले रतmदान गरेको रक्तसञ्चार केन्द्र बीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो । रतmदान दिनेहरुमा अजय कर्ण, अजय श्रेष्ठ, कुसुम मानन्धर, उश्मिता श्रेष्ठ , निखिल शर्मा लगायत रहेका छन् । यसैगरी वार्षिकोत्सवको अवसर पारेर नेपाल बिमा प्राधिकरणले नि शुल्क आँखा परीक्षण शिविरको आयोजना समेत गरेको छ । नि शुल्क आँखा शिविरमा ७३ जनाको आँखा चेकजाँच गरिएको किरण आँखा अस्पतालका चिकित्सकले बताउनु भयो । कार्यक्रममा बिमा प्राधिकरण मधेश प्रदेशका प्रमुख कुसुम शर्मा, सहायक निर्देशन रोशन महासेव, निर्मल शर्मा लगायतको उपस्थिती रहेको थियो ।