उधोग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाललाई मातृशोक परेको छ । बिगत केही दिन देखी स्वास्थयमा समस्या देखिएपछि बीरगंजको गण्डकस्थित रहेको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएर घरमा बसीरहेको अवस्थामा शनिवार बिहान ८७ वर्षीय कमला देवी राजपालको निधन भएको हो । स्र्वगरोहण हुनु भएकी कमला राजपाल देबीलाई सास लिनमा समस्या समेत रहेको थियो । बीरगंजको रेशमकोठी स्थित राजपालको निजी निवासमै पार्थिब शरिरलाई राखिएको छ भने आईतवार अशोकबाटिका शमशानघाटमा अन्त्येष्टी गरिने भएको छ ।