बिधार्थीहरुको उत्प्रेरणा तथा हौसला बढाउनको लागी मेयर राजेश मान सिंहले हप्तामा एक दिन बिधालयमा पुगेर कक्षा लिन लाग्नु भएको हो । महानगरपालिकाले कक्षा कोठामा मेयर कार्यक्रमको शुभारम्भ वडा नम्बर ४ बिर्ता स्थित रहेको त्रिजुद्ध माध्यमिक बिधालयबाट उतm कार्यक्रम शुभारम्भ गर्नु भएको हो । त्रिजुद्ध माध्यमिक बिधालयले ईतिहास कायम गरेको भन्दै नगर प्रमुख आफना अग्रजको योगदानको सम्मान गर्दे शिक्षा प्रदान गर्नै गुरुहरुको सम्मानमा कमी नल्याउन बताउनु भएको थियो ।
यसै शैक्षिक सत्रबाट विद्यालयमा डिजिटल कक्षा समेत संचालन गरेको महानगरले त्यसको उपयोगिता र प्रभावकारिताका विषयमा समेत मेयर सिंहले अवलोकन गर्नुभयो ।
मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीलाई अध्ययनका लागि झनै हौसला मिलेको त्रिजुद्ध मा।वि।का प्रधानाध्यापक नविन मिश्रले बताउनुभयो ।
कक्षामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिनु भएको थियो ।
महानगरपालिकाले यसै शैक्षिक सत्रबाट यहाँका विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाईका लागि डिजिटल कक्षा समेत संचालन गर्न सुरु गरेको छ ।