पर्सा प्रहरीले बिलबिजक भन्दा बढी सामान लोड गरेको मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी रबजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले जानकारी दिनुभएको छ । बीरगंजबाट काठमांडौ तर्फ जादै गरेको ना ५ ख ३०२८ नम्बरको ट्रकमा भन्सार छली गरेको सामाग्रीहरु लोड गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर २१ ह्नुमान चोक नजिकै उतm मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकचाँच गर्दा बिल बिजक भन्दा बढीको हार्डवेयर तथा खुद्रा सामानहरु बरामद भएपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक थापाले भन्नु भयो, ना ५ ख ३०२८ नम्बरको ट्रकको बिल पनि संकासपद देखएिको हुनाले ८१ लख, ५६ हजार ९ सय ४३ रुपैया मुल्याडकन गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको बताउनु भयो ।