सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति राधेश्याम धिताल सँग भेटघाट वीरगञ्ज उद्योग वाणिज्य सङ्का अध्यक्ष अनिल अग्रवालले भेटघाटट गर्नु भएको छ । भेटघोटमा अध्यक्ष अनिल रुगंटाले स्वागत मन्तव्यका क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ऐतिहासिक पृष्ठभूमि र यस क्षेत्रको औद्योगिक, व्यापारिक महत्व तथा उपादेयताका बारे प्रकाश पार्नु भएको थियो । सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले आफ्नो कार्यकालमा सक्रियतापूर्वक सम्पादन गर्ने तर्फ प्रयत्नशील रहने बताउनु भएको थियो ।
कार्यक्रममा सङ्घका बरिष्ठ उपाध्यक्ष हरि गौतमले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सङ्घका महासचिव आशिष लाठले गर्नुभएको थियो । कार्यक्रममा वीउवासङ्घका पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार बैद्य, कोषाध्यक्ष शिवजी प्रसाद कलवार, सह–कोषाध्यक्ष अनोज रुँगटा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यसैगरी सशस्त्र प्रहरी बल १३ नम्बर गणका तत्कालीन गणपति किसन कर्मचार्यलाई उधोग वाणिज्य संघका पदाधिकारीहरुले बिदाई कार्यक्रम समेत गरेका छन् ।