बीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली पोखरी स्थित रहेको वडा स्वास्थय चौकीको शिलान्यास मेयर सिंहले गर्नु भएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राजेश मान सिंहले स्वास्थ्य सेवा नागरिकको पहुँचमा सहज रुपमा पुयाउन भन्दै आफनै भवन निर्माणको काम अगाडी बढाइएको बताउंदै वडा स्वास्थ्य चौकी भाडामा संचालन गर्नु पर्दा धेरौ कठिनाई भएकोले अब देखी नागरिक एवम् स्वास्थ्य चौकीका कर्मचारीलाई कुनै प्रकारको समस्या नहुने बताउनु भयो । आफनो भवनमा स्वास्थ्य चौकी निर्माण हुने लाग्दा नागरिकहरुलाई पनि सहज हुने कुरामा जोड दिनु भएको छ । मेयर सिंहले निर्धारित समयमा गुणस्तरीय काम समपन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिनुभयो । ८६ लाख, ६ सय ९६ रुपैयामा लागतमा निर्माण हुने लागेको स्वास्थ्य चौकी यही असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीले टेन्डर सकार गरेको छ । शिलान्यास कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष सुरेश साह कानु अध्यक्षता शिलानयास कार्यक्रम वडा नम्बर २३ का वडा अध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा , वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया , महानगरपालिकाका प्रशासकिय अधिकृत मातृका भट्राईको उपस्थितीमा सम्पन्न भएको हो । उतm भवन निर्माण गर्नका लागी दिब्य सुर्याैदय आस्था जे भि कम्पनीले टेन्डर सकार गरेको छ ।