पर्स प्रहरीले आगलागी पिडीत परिवारहरुलाई राहत बितरण गरेको छ । बीरगंज महानगरपालिका वडा नम्बर १७ अर्लौका स्थानिय वासिन्दा बिगत एक हप्ता अगाडी आगलागीबाट धनमाल , खाद्दान्न सामाग्री जलेर नष्ट भएको थियो । पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेलले आगलागीबाट पिडीत ७ घर परिवारहरुलाई प्रति एकबोरा चामल, दाल, आलु, प्याज, चिनी, नुन, आटा, लगायत खाद्दान्न सामाग्रीहरु बितरण गरिएको हो । अस्थाई प्रहरी कार्यालय सिर्सिया सँगै वडा नम्बर १७ को वडा कार्यालयले संयुतm रुपमा राहत बितरण गरिएको वडा अध्यक्ष संनु छतकुलीले जानकारी दिनुभयो । राहत बितरण कार्यक्रममा सिर्सिया प्रहरी चौकीका सइ सुनिल पनेरु, वडा सदस्य नेशार अहमद, राष्टिैय प्रजातन्त्र पार्टी पर्साका अध्यक्ष सुमेश्वर उपाध्याय , नेपाली कांग्रेशका बुथ सभापति शिवओम लामिछाने लगायतको उपस्थिती रहेको थियो ।