सिमा सुरक्षा गुल्म बीरगंज भन्सार कार्यालय बाट खटिएको सशस्त्र प्रहरीको टोलीले श्रोत नखुलेको भारतीय रुपैया सहित एक महिलालाई पक्राउ गरेको छ । भारतको रक्सौलबाट बीरगंज तर्फ पैदल आउंदै गर्दा डिउटीमा खटिएका प्रहरीले शंका लागेर चेकजाँच गर्दा झोला भित्र भारतीय रुपैया ५ सय दरको ३१० थान फेला परेको सशस्त्र प्रहरी बल १३ नम्बरका गणपति राधेश्याम धितालले जनाए । । पक्राउ पर्नेमा पर्साको छिपरमाई गाउँपालिका बस्ने महिला रहेको छ भने ती महिलालाई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयको जिम्मा लगाइएको छ । यसैगरी भन्सार छली गरी ल्याएको ७ लाख भन्दा बढीको तस्करीको सामान सिमा सुरक्षा गुल्म बीरगंज भन्सारबाट खटिएको सशस्त्र प्रहरी टोलीले बरामद गरेको छ ।