बिभिन्न मुद्दामा फरार रहेका तीन जना अभियुतmलाई बारा प्रहरीले पक्राउ गरेको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले भने, बारा जिल्ला अदालतले दोषी ठहर गर िजरिवानाको गरेको फैसला गरेपछि तीनजना फरार भएका थिए । प्रहरीले बिशेष सुचनाको आधारमा फरार अभियुतm घरमा लुकीछिपी बस्दै आईरहेको सुचना पाएपछि प्रहरीले उनीहरुलाई घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा बारा कोल्हवी नगरपालिका वडा नम्बर २ बगेवा टोल बस्ने ३४ वर्षीय मुकेश माझी, बिश्रामपुर गाउापालिका वडा नम्बर ५ ईटियाही बस्ने ५५ वर्षीय पशुपती देबी कनुईन र सुवर्ण गाउँपालिका वडा नम्बर १ चरमोहना बस्ने ४२ वर्षीय राज कुमार सिंह रहेका छन् । पक्राउ परेको तीनैजानलाई बुधवार अदालतमा पेश गरिने प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ।