बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा पर्नै जगदम्बा स्टिल कम्पनीमा कार्यरत रहेका एक मजदुरको ज्यान गएको छ । २५ वर्ष देखी जगदम्बा स्टीलमा कार्यरत रहेका बीरगंज महानगरपालिका वडा नम्बर ३१ निवासी भुलन चौधरी काम गर्दै गरीरहेको अवस्थामा एक्कासी ढलेपछि उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरीले बताउनु भयो । मृत्क चौधरी उधोगभित्र वर्कसपमा काम गर्दा आईरहेको थिए । चौधरी ढलेपछि उनको उपचारको लागी परवानीपुर स्थित रहेको एलएस न्युरोमा उपचार हुने क्रममा ज्यान गएको अस्पतालका चिकित्सकले बताउनु भयो । चौधरीको बे्रन हयाम््रर्जका कारण मृत्यु भएको उनका परिवाजनहरुको भनाई रहेको छ । मृत्क चौधरी जगदम्बा कम्पनीको पुरानो कर्मचारी रहेको भन्दै उधोग प्रशासनले मृतकका परिवारलाई रु १० लाख, झतिपुर्ति दिने र ५० हजार क्रिया खर्चको लागी दिने सहमती भएको हो ।