आफनै छोराको हत्या गरेको आरोपमा पर्सा प्रहरीले एक महिलालाई पक्राउ गरी अनुसन्धान पक्रिया अगाडी बढाइएको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले भन्नु भयो, २०८० साल साउन २७ गते बिहान घरमा कोही नभएको बेला ५ महिना दुधे बालकको घाँटी थिचेर हत्या गरेको बताउनु भयो । बीरगंज महानगरपालिका वडा नम्बर १७ अर्लाे बस्ने अमरजीत कुमारको श्रीमती २२ वर्षीय आरती कुमारी हत्या गरी फरार भएकी थिईन् ा आरती कुमारीले आफनै छोराको हत्या गरेर भारतको पुर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैया गा्रम एकडर्वामा बस्दै आएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी बताउनु भयो । बिशेष सुचनाको आधारमा पर्सा प्रहरीले आरतीलाई बीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित रहेको एक घरमा लुकीछिपी बस्दै आईरहेको जानकारी पाएपछि जेठ १ गते पक्राउ गरिएको हो । पक्राउ परेकी आरतीलाई कर्तब्य ज्यान मुद्दा दर्ता अनुसन्धान भईरहेको छ । उनले दुधे बालकको हत्या किन गरेको कारण भने खुलेको छ्रैन् ।