अबैध लागु औषध सहित बारा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नैमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ३१ वर्षीय दिपक बैजुलाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ । बनेपा बाट ठोरी तर्फ जाँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रु बसमा सवार भएका यात्रुहरुलाई अमलेखगाज प्रहरीले चेकजाँच गर्दा बैजुले बोकेको कालो झोलाबाट पाँच किलो चारसय ग्राम लागु औषध बरामद भएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भयो । पक्राउ परेका दिपक बैजुलाई लागु औषध मुद्दामा अनुसन्धान भईरहेको छ ।