शुक्रवार सांझ बीरगंजको दुश्य हेर्दा हिन्दी चलचित्र भन्दा केही कम नभएको माईस्थान एक ब्यवसायीले भन्छन् , दुई समुहबीच झडप हुदां केही बेर माईस्थान एरिया नै तनावग्रस्त भएको स्थानिय ब्यवसायी गर्न कुष्ण सरार्फ बताउंछन् । लोकतन्त्रमा बिरोध अथवा समर्थन गर्नु मौलिक अधिकार हो । संबिधानले पनि शान्तिपुर्ण तरिकाले बिरोध गर्न छुट दिएको छ । कसैले बिरोध गरीरहेको छ भने समर्थन गर्न पनि हरेक नेपाली नागरिकको हक र अधिकार संबिधानले दिइएको छ । शान्त बीररगंजलाई केही तत्वहरुले राजनितिकको आडमा अशान्त बीरगंज बनाउन तर्फ लागी परेको उतm घटनाले स्पष्ट भएको बीरगंजका ब्यवसायीहरु भने, बीरगंज महानगरपालिका मेयर राजेश मान सिंह र नेपाली कांग्रेशका क्षेत्र नम्बर २ का सभापति मोहम्मद सहाबुद्दीनका समर्थहरुबीच भनाभन हुदां झडप नै भएको छ । शहाबुधीन पक्षहरुले मेयर सिंह मुर्दावाद नारा लगाउंदा मेयर सिंहकम समर्थहरुले मेयर सिंह जिन्दाबाद नारा लगाउदा माईस्थानमा दुबै पक्ष बीच झडप भएको थियो । दुबै समुहबीच झपड हुदां माईस्थानको वरिपरि एरिया नै तनावग्रस्त भएको हो । झपड भएको केही बेरमा ब्यापक प्रहरी परिचालन भएपछि उतm झडप नियन्त्रणमा भएको पर्साका एक प्रहरी अधिकृत भन्छन् , एड्भान्स अस्पताल नजिकै पुर्ण मेयर सिंह र सहाबुद्दीन समुहबीच जिन्दाबाद मुर्दावादको नारा लगाउंदा झडपमा परिणत भएको एडभान्स अस्पताल नजिकै नास्ता पसल सञ्चालन गरेर जिवीका यापन गरेका ती ब्यवसायीले भने, वडा अध्यक्ष बैजु स्वर्णकार माथी नेबिसंघ पर्साका जिल्ला अध्यक्ष रमेश यादवले हेल्मेटले प्रहार गरेपछि झडप भएको थियो र्। पर्साका प्रहरी प्रमुख कुमोद ढुगेंलको उपस्थितीमा यादवले बैजु माथी हेल्मेट प्रहार गरेको स्थानियहरु बताउँछन्, हेल्मेट प्रहार गरेपछि पर्सा प्रहरीले लाठी चार्ज समेत गरेको थियो । लाठी चार्जबाट नेबिसंघ पर्साका जिल्ला अध्यक्ष रमेश यादवको नाकमा चोटपटक लागेको छ भने सहाबुद्दीन पक्षका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीको लाठी चार्जबाट घाईते भएका यादवको नारायणी अस्पतालमा उपचार भईरहेको छ । यता पर्सा प्रहरीले शान्त बीरगंजलाई अशान्त बनाउने समुहलाई कुनै हालतमा नछाड्ने प्रतिक्रिया दिएको छ भने बिरोध तथा नाराबाजी कार्यक्रम गरेर गुण्डागर्दी गर्न समुह पर्सा प्रहरीको निगरानीमा रहेको ती प्रहरी अधिकृतले बताउनु भयो । दुई दशक देखी बिकास नभएको बीरगंज मेयर सिंहले दुई वर्षको कार्यकालमा नै बिकास गर्न थालेपछि बिकास बिरोधीहरु मेयर सिंह बिरोध नाराबाजी तथा बिभिन्न प्रोपगण्डा मच्चाईरहेका छन् ।