यही जेठ १५ गते निती तथा कार्यक्रम पास गरेर बजेट ल्याउनु पर्ने भएकोले हुनाले संसद जसरी भएपनि चलाउने नेकपा एमाले पार्टीका केन्द्रिय अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्माले दाबी गर्नुभएको छ । एमाले पर्साको नर्वाै जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी लेखा समिती तथा सदस्यहरुलाई शपथ ग्रहण कार्यकमलाई सम्बेधन गर्दै अध्यक्ष ओलीले संसद कांग्रेशले आपनो घरबाट नलिई आएको टिप्पणी गर्दे देशलाई बजेटबाट बञ्चित गर्न ठुलो षड्यन्त्रको चलखेल भईरहेको बताउनु भयो । वहाँले अहिले कुनै कारवाही चल्न नदिने कुरा हुदैन्, संसदको समय थोरै छ ,आज ४ गते भयो जेठ १५ गते निती कार्यक्रम पेश गरेर बजेट ल्याउनु पर्ने कुरामा जोड दिनु भएको छ । कांग्रेश मान्छ मान्छ, मान्दैन् हामी संसद चलाउछौ । देशलाई बजेट दिनै पर्छ संसद अवरोध गरेर कांग्रेशले देश नै ठप्प पार्न तर्फ लागी परेको आरोप लगाउनु भयो । कांग्रेशले जसलाई मन लग्यो त्ृयसलाई संसदमा बोल्न पाईने, मन नलागेपछि बोल्न नपाईने बोल्नै नदिने, कांग्रेशले घरबाट लिएर आएको संसद अध्यक्ष ओलीले भन्नु भयो, कांग्रेशले जे भन्छ त्यही मानुपर्ने त्यही गर्नुपर्ने कांग्रेश नमानेपनि संसद चल्छ, निथी तथा कार्यक्रम पेश गरेर बजेट आउँछ बताउनु भएको छ । कांग्रेशले कुनै ब्यतिm माथी आरोप लगाउँछ, कांग्रेश लगाएको आरोप संसदमा बोल्छु भन्दा पनि बोल्न नदिने अनि आयोग बनाउनु पर्ने, आरोप लगाएपछि संसदमा बोल्न पाईछ । संसदमा जथाभावी बोल्न पाईदैन् ,अध्यक्ष ओलीले कांग्रेश हामीलाई संसद चाहिदैन् भन्ला हामी त्यो कुरा मान्छौ त ? केपी ओलीले संसद बिघटन गर्न खौजेको कांग्रेशका नेता तथा कार्यकर्ताहरुले बिभिन्न सञ्चार माध्यममा भन्दै हिडेको नचाहिदो कुरामा कांग्रेश लागी परेको अध्यक्ष ओलीले बताउनु भयो । त्यस्ता कुरामा हिड्ने होईन हाम्रो पार्टी, समृद्ध नेपाल सुखी नेपाल बनाउनमा लागी परेको भने, देशबाट नेकपा एमाले पार्टीले गरीबी हटाउन खोजेको यो देशलाई समृद्धको बाटो तर्फ लैजान खोजेको अध्यक्ष ओलीको भनाई रहेको छ । कांग्रेश संसद चलाउन जसरी पनि तयार हुनुपर्नै नमानेको खण्डमा संसद चलाएर छाड्ने दाबी गर्नु भयो । अध्यक्ष ओलीले कांगेशका महामन्त्री गगन थापालाई कटाक्ष गर्दै संसद बिपरीत गएका थापाले सभामुख सँग अभ्रद तरिकाले प्रस्तृत भएको भन्दै , संसदमा कसरी बोल्ने तिमी अहिले सिक भन्नु भयो, प्रतिपक्ष दल कांग्रेश सतामा नभएको हुनाले बौल्याएको संज्ञा दिनुभयो । एमाले पोलिब्युरो सदस्य , सांसद तथा पर्सा जिल्ला ईन्चार्ज अच्छु मैनालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिकपुर्वधार मन्त्री रघुब िमहासेठ, कुषी मन्त्री ज्वाला साह, पोलिब्युरो सदस्य सुबोध, पर्सा जिल्ला क्षेत्र नम्बर ३ का सभासद राजकुमार गुप्ता, प्रभु हजार लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ा
२