गएराति पर्साको बैरियामा दुईवटा मोटरसाईकल आपसमा जुध्दा एक युवकको ज्यान गएको छ भने तीनजना घाईते भएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भएको छ । बीरगंज महानगरपालिका वडा नम्बर १९ कोहिनीया बस्ने ईरफान मियांको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । घाईते तीनजनाको एलएस न्युरो बीरगंजमा उपचार भईरहेको प्रहर िनायब उपरिक्षक थापाले बताउनु भयो ।