
बीरगंज महानगरपालिकाले सञ्चालन गरेको कक्षा कोठामा मेयर अभियान अन्तर्गत नगर प्रमुख राजेश मान सिंह आईतवार बिहान बहुअरी स्थित रहेको शारदा माविमा कक्षा १० का छात्र तथा छात्राहरु सँग पठनपाठन सिक्दै र सिकाउँदै गरेको भेटिएका छन् । शिक्षकहरुले बिधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरोस उदेश्य लिएका मेयर राजेश मान सिंहले जस्तै सुकै जीवनमा अप्ठयारो क्षण आएपनि हिम्मत कहिल्यै पनि हार्न हुदैन भन्दै बिधार्थीहरुको हौसला बढाउनका हप्तामा एक दिन कक्षा कोठामा मेयर अभियान सञ्चालन गरेका हुन् । बिधार्थी भविष्यको कर्णधार हुन उनीहरुको उज्जवल भविष्यको लागी आफु तत्पर रहेको नगर प्रमुख सिंहले भने, शारदा माविको कक्षा १० का बिधार्थीहरुको बेन्चमा बसेर आफनो जीवनको अनुभव र जीवन भोगाईका कुरा बताएका थिए ा
अध्ययनलाई केन्द्रमा राखेर अन्य गतिविधिलाई पनि समान रुपमा अघि बढाउन विद्यार्थीहरुलाई उनले आग्रह गरे ।
मेयर सिंहले विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरुले गरेका गृहकार्य अवलोकन गर्नुका साथै समस्याका बारेमा पनि जानकारी लिएका थिए । विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरुका कुरा र आफ्ना अनुभव सुनाउन पाउँदा विद्यार्थीहरुमा उत्साह जागृत भएको मेयर सिंह बताउनुहुन्छ ।
मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीमा अध्ययनका लागि झनै चाख बढेको हौसला मिलेको शारदा मा।वि।का प्रधानाध्यापक विनोद मेहता बताउँछन् ।
कक्षामा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिनु भएको थियो । बिधार्थीहरुले कक्षा कोठामा मेयर सिंह अभियान सञ्चालन हुदां हाम्रो हौसल झन बुलन्द भएको एक छात्राले बताएका छन् । गत हप्ता कक्षा कोठामा मेयर सिंह अभियान बीरगंजको त्रिजुध्द मावि बिधालयबाट उतm कार्यक्रम सञ्चालन आएको हो । कक्षा कोठामा मेयर सिंह अभियान अन्तर्गत बिधार्थीहरुको समस्या , बिधालयको अवस्था बारेमा जानकारी लिदै अनुगमन पनि भईरहेको नगर प्रमुख सिंहले जानकारी दिनुभएको छ ।
२