बारा प्रहरीले फरार तीनजना अभियुतmलाई पक्राउ गरेको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले बताउनु भएको छ । बिभिन्न मुद्दामा पक्राउ परेका अभियुतmलाई बारा जिल्ला अदालतले जरीवाना गर्दे दोषी ठहर गरेपछि फरार भएको थियो । बिशेष सुचनाको आधारमा बारा प्रहरीले घरमा लुकीछिपी बस्दै आईरहेको अवस्थामा तीनजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भयो । पक्राउ पर्नेहरुमा प्रसौनी गाउँपालिका वडा नम्बर ५ बेलैया बस्ने ५५ वर्षीय रहिम मियाँ अंसारी, कलैया उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ५७ वर्षीय मिना देबी साह र निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुर बस्ने ५० वर्षीय सार्की धलान रहेका छन् । पक्राउ परेका तीनैजना अभियुतm सोमवार बारा जिल्ला अदालतमा पेश गरिने प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले भन्नु भयो ।