-1716146633.jpeg)
भारत बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा लोक सभाको निर्वाचन यही जेठ १२ गते हुने भएपछि नेपाल र भारत सिमामा पर्ने बीरगंज सिमा नाका दुई दिन समम बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले एक सुचना जारी गर्दे भारतको बिहारमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै यही जेठ १० गते बिहान ६ बजे देखी जेठ १२ गते बेलुकी सम्म सिमा नाका बन्द रह्ने जनाएको छ ।
पश्चिम चम्पारण जिल्लाको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले गरेको निर्णय अनुसार, मतदान हुनु ४८ घण्टादेखि भारतसंगको सीमा जोडिएका नेपालका नाकाहरु बन्द गर्ने सहमति भएको थियो ।