कर्तब्य ज्यान तथा डकैत मुद्दामा फरार रहेका एक अभियुतmलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ बलुवा निवासी ६५ वर्षीय प्रेम गिरीलाई पक्राउ गरि अनुसन्धान थालेको पर्साका प्रहरी नाउब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले बताउनु भयो । पक्राउ परेका गिरी माथी अन्य मुद्दाहरु पनि ह्ुने सक्ने पर्साका एक प्रहरी अधिकृत भन्छन्, अनुसन्धानको क्रममा रहेको हुनाले केहि भन नमिल्ने प्रतिक्रिउा दिनुभयो । पर्सा जिल्ला अदालतले गिरीलाई बिभिन्न मुद्दामा दोषी ठहर गरेको फैसला गरेपछि गिरी फरार भएका थिए । फरार गिरी घरमा लुकीछिपी बस्दै आईरहेको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगंललाई सुचना पाएपछि प्रहरीले उनलाई घरबाट नै पक्राउ गरिएको हो । पक्राउ परेका प्रेम गिरी प्रहरीको मस्टवान्टेढको सुचीमा रहेका थिए ।