अबैध लागु औषध सहित पर्सा प्रहरीले दुई युवकलाई पक्राउ गरीएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ा पक्राउ पर्नैमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय समुन्द्र साह र सोही स्थान बस्ने २४ वर्षीय अमिर बानिया रहेका छन् ा उनीहरुको साथबाट खैरौ हिरोईन १५४ ग्राम बरामद भएको प्रहरी नायब उपरिक्षक थापाले भने, भारतको रक्सौलबाट बीरगंजतर्फ आउंदै गर्दा प्रहरी तौकी ईनर्वाबाट खटिएको प्रहरी टोललीले नियमित चेकजाँच गर्ने क्रममा बा प्र ०३, ०२, प ९४५० नम्बरको स्कुटीमा सवार भएका ब्यतिm माथी संकाको आधारमा खानतलाशी गर्दा स्कुटीको सिटमुनी प्लाष्टिकको झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध खैरो हिरोईन सहित पक्राउ गरिएको हो । पक्राउ परेका साह र बानियालाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्यादथ थप गरी अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले भन्नु भयो ।