कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक अभियुतmलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको पर्साका प्रहरी उपरिक्षक कुमोद ढुगेंलले बताउनु भएको छ । २०६३ साल साउन १२ गते बिहान १० बजे पर्सा जिल्ला लखनपुर गाविस वडा नम्बर ९ हाल सखुवा प्रसौनीगाउँपालिका वडा नम्बर ६ एकडर्वा बस्ने रेखा राउत कम्करलाई सखुवा प्रसौनीगाउँपालिका वडा नम्बर ६ एकडरवा बस्ने ५० वर्षीय बिनोद भनिने बिनय प्रसाद यादवले गोली हानी हत्या गरी फरार भएका थिए ा फरार भएका यादव घरमा लुकीछिपी बस्दै आईरहेको पर्साका प्रहरी उपरिक्षक ढुगेंललाई सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको का्रईम बा्रन्चका टोलीले उनलाई घरबाट पक्राउ गरेका हुन् ा हत्याको आरोपमा पक्राउ परेका बिनय प्रसाद यादवलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी उपरिक्षक कुमोद ढुगंलले जानकारी दिनुभएको छ ा प्रहरी हिरासतमा रहेका यादवले अन्य अपराधीको घटनाहरु संलग्र रहेको प्रहरीले आंशका गरेको छ ा