पर्सा प्रहरीले दुईवटा मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले बताउनु भयो ा बिलबिजक भन्दा बढीको सामानहरु लोड गरेको सुचना पाएपछि बीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित रहेको घंटाघर नजिकैबाट प्रदेश २, ०३, ००१ नम्बर ख ६९८६ र ना ७ ख १६५४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा भन्सार छली गरेको खाद्दान्न, औषधी , खुदा्र तथा हार्डवेयर समाग्रीहरु बरामद भएपछि कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभएको छ ा प्रहरीले नियन्त्रणमा लिइएको दुईवटा मालवाहक ट्रक सहित समानहरुको मुल्याड्कन १ करोड, ४९ लाख, १३ हजार , ४ सय ४२ रुपैया गरेको डिएसपी कुमार बिक्रम थापाले भन्नु भयो ा यसैगरी प्रहरीले गस्ती गर्न क्रममा १ लाख, ५४ हजार, ६ सय रुपैया बराबरको तस्करीको समाग्री नियन्त्रणमा लिइएको छ ा भन्सार छली गरेर बीरगंज महानगरपालिका वडा नम्बर १६ ईदगाह चोक निजकै तस्करहरुले प्रहरीलाई हेर्न बितीकै तस्करीको समान छाडेर फरार भएको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भएको छ ा प्रहरीले कालो सखड, काउली बदाम र ईनो लगायतका सामनहरु नियन्त्रणमा लिई थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालय पठाइएको हो ा